ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दावी पेस गर्दा साना दललाई बेवास्ता
barnanmedia.com · Fri Jul 12 22:08:00 UTC 2024

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दावी पेस गर्दा साना दललाई बेवास्ता गरेका छन् ।
उनले आफ्नो पार्टी एमाले र कांग्रेसका सांसदमात्रैको समर्थनमा प्रधानमन्त्री पदमा दाबी पेस गरेका हुन् । दावी पेस गर्दा ओलीले १६६ सांसदको समर्थन जुटाएका छन् । जसअनुसार ओलीले राष्ट्रपतिसमक्ष पत्र बुझाउँदै कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थन रहेकाले संविधानको धारा ७६ को उपधारा २ अनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र बुझाउँदै आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)