योजना तथा बजेट तयारीमा स्थानीय तह
gorkhapatraonline.com · Sat Jun 20 03:46:53 GMT 2026

आगामी आर्थिक वर्षको योजना तथा बजेटका लागि लमजुङका स्थानीय तहले तयारी तीव्र पारेका छन् । जिल्लाका आठ वटा स्थानीय तह आव २०८३/८४ का लागि योजना छनोट, बजेट निर्धारण, नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव सङ्कलनमा जुटेका हुन् ।
आगामी आवका लागि योजना छनोटसँगै बजेट निर्माणका लागि आवश्यक पर्ने आधारभूत नीति अवलम्बन गर्दै नागरिकको सुझाव लिइरहेको जिल्लाका स्थानीय तहहरूले जनाएका छन् । त्यसका लागि वडा तथा टोलहरूमा परामर्श र पालिकास्तरीय विषयगत छलफल चलिरहेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)