आफ्नै कीर्तिमान तोड्दै सलिमले बनाए नयाँ राष्ट्रिय रेकर्ड
baahrakhari.com · Sat Jun 20 03:49:57 GMT 2026
सुर्खेत । वीरेन्द्रनगरमा जारी ४६औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडी सलिम देवानले पुरुष लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नै नाममा रहेको पुरानो रेकर्ड तोड्दै ७ मिटर ५८ सेन्टिमिटरको जम्प गरेका हुन् ।
देवानले यसअघि सन् २०२५ अगस्ट १० मा भारतको भुवनेश्वरमा आयोजित वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर ब्रन्च प्रतियोगितामा सात मिटर ३२ सेन्टिमिटरको जम्प गर्दै राष्ट्रिय रेकर्ड आफ्नो नाममा लेखाएका थिए । एक वर्ष नपुग्दै उनले सोही कीर्तिमानलाई २६ सेन्टिमिटरले सुधार गर्दै नयाँ इतिहास रचेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)