मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफ तनावपूर्ण, १० खेलाडीमा सीमित पाराग्वेकाे अग्रता कायमै

ratopati.com · Sat Jun 20 03:55:37 GMT 2026

काठमाडौँ । विश्वकप समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेल पहिलो हाफमै रोमाञ्चक र तनावपूर्ण बनेको छ।

पाराग्वेले खेल सुरु भएको २ मिनेटमै मारियो गालार्जाको गोलमार्फत अग्रता लिएको थियो। जोआन एनसिसोको उत्कृष्ट पासमा आएको उक्त गोलपछि पाराग्वेले सुरुवातमै दबाब सिर्जना गरेको थियो।

तर पहिलो हाफको इन्जुरी समयमा खेलले ठूलो मोड लिएको छ। थपिएको ३ मिनेटमा पाराग्वेका मिगेल अल्मिरोनले रातो कार्ड पाउँदै मैदान छाडेका छन्। भीआरको समीक्षापछि उनलाई सिधै रातो कार्ड दिइएको हो।

पहिलो हाफमा थपिएको ६ मिनेटको समयमा दुवै टोलीबीच केही विवाद र झडपसमेत देखिएको थियो, जसले खेललाई थप तनावपूर्ण बनायो।

खेल सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी छ। अब दोस्रो हाफमा टर्कीले १० खेलाडीमा सीमित पाराग्वेविरुद्ध बराबरी गर्ने ठूलो अवसर पाउनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)