आयआर्जनका लागि कुखुराका चल्ला
rajdhanidaily.com · Tue Jun 11 23:16:29 UTC 2024

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले आयआर्जनका लागि कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिका भित्र रहेका फरक क्षमताका नागरिकलाई आयआर्जनमा टेवा पुग्ने उदेश्यले कुखुराका चल्ला वितरण गरेको हो । फरक क्षमता भएका मध्ये पहेलो र सेतो कार्ड प्राप्त गरेका लाभग्राहीलाई १० ओटाका दरले कुखुराका चल्ला वितरण गरेको वालिङ नगर पशु शाखाका प्राविधिक डोलराज गैह्रेले जानकारी दिए ।
१४ वटा वडा रहेको वालिङका सबै वडाका फरक क्षमता भएर पनि सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने लाभग्राहीको दैनिक आयआर्जनमा केहि मात्रामा भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले कुखुराका चल्ला प्रदान गरिएको प्राविधिक गैह्रेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)