बिराटनगरमा विपद व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन
rajdhanidaily.com · Tue Jun 11 23:19:00 UTC 2024

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिमको पहिलो र दोस्रो समूहका प्रशिक्षार्थीहरुद्वारा बिपद उद्दार सम्बन्धि डेमो प्रदर्शन गरेका छन् ।
मंगलबार अपरान्ह कोशी प्रदेश प्रहरी तालिम केन्द्रको खेल मैदानमा भएको प्रदर्शनीमा प्रशिक्षार्थीहरुले प्राकृतिक स्रोत साधन तथा आगो निभाउने, फायर शटल, फायर बल र दमकल समेतको प्रयोग गरी आगोलागी नियन्त्रण, आगोमा परेर घाईते भएकाहरुको उद्दार सम्बन्धि तालिम दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)