हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी
nepalbahas.com · Wed May 27 08:31:09 GMT 2026

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी
१३ जेठ, तेल अविव । इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता तथा अक्टोबर –७ को नरसंहारको मुख्य योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जको निर्देशनमा भएको अपरेसनमा ओदेहको मृत्यु भएको इजरायली प्रधानमन्त्री कार्यालय (पीएमओ) ले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।
ओदेहले अक्टोबर –७ को नरसंहारको समयमा हमासको गुप्तचर स्टाफको प्रमुखको रूपमा सेवा गरेको र दुई हप्ता अघि मात्र सैन्य प्रमुखको रुपमा नियुक्त गरिएको जनाइएको छ ।
ओदेह धेरै इजरायली नागरिक र आईडीएफ सैनिकहरूको हत्या, अपहरण र घाइतेको घटनाको लागि पनि जिम्मेवार रहेको जनाइएको छ ।
बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल एक्समा सन् २०२३ अक्टोबर –७ को नरसंहारमा संलग्न सबैलाई हटाउने प्रतिवद्धता पुष्टि गरेको छ ।
यसै बीच, इजरायलले कारबाही बढाए पछि दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको अल जजिराले जनाएको छ । दुई वटा हवाई आक्रमण बुर्ज राहलमा भएको थियो, भने टायर जिल्लाको कवथरियात अल–रुजमा शक्तिशाली आक्रमण भएको रिपोर्ट गरिएको थियो । इजरायली सेनाले श्रीफा सहरमा दुईवटा र टायर जिल्लाको बुर्ज राहलमा एउटा हवाई आक्रमण गरेको जनाएको छ । अस–सवाना सहर मर्जायुन जिल्लाको कब्रिखामा छापा मारेको अल जजिराले जनाएको छ ।
मङ्गलबार दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको अल जजीराले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार सेनालाई हेजबुल्लाह विरुद्ध अझै कडा अपरेसन सञ्चालन गर्न निर्देशन दिएको थियो ।
विदेश
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
बेल्जियम रेल–मिनीबस दुर्घटनामा चार जनाको मृत्यु
जेठ १३, २०८३ बुधबार
क्वाडद्वारा इन्डो–प्यासिफिकमा समुद्री सुरक्षा र ऊर्जा सहकार्य विस्तार
जेठ १२, २०८३ मंगलबार
दक्षिण कोरियाको 'फ्लाइ ओभर' मा दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते
जेठ १२, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
बिहारको मतदाता सूचीमा नाम, पर्साबाट वंशजको नागरिकताः पर्सा प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न
नेपालबहस संवाददाता
जेठ १०, २०८३ आइतबार
वीरगञ्जका मेयर राजेशमानविरुद्ध पक्राउ पुर्जी जारी भएपछि भारततर्फ फरार भए सिंह
नेपालबहस संवाददाता
जेठ १२, २०८३ मंगलबार
धितोपत्रको अध्यक्षका लागि सिफारिस नाममा स्वार्थ देखिएपछि बैठकमै कड्किएका थिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ १२, २०८३ मंगलबार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश, अदालतको क्षेत्राधिकार नमिलेको ठहर
नेपालबहस संवाददाता
जेठ ११, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
वीरगञ्जका मेयर राजेशमानविरुद्ध पक्राउ पुर्जी जारी भएपछि भारततर्फ फरार भए सिंह
जेठ १२, २०८३ मंगलबार
२
धितोपत्रको अध्यक्षका लागि सिफारिस नाममा स्वार्थ देखिएपछि बैठकमै कड्किएका थिए प्रधानमन्त्री
जेठ १२, २०८३ मंगलबार
३
कारोबार रकमसहित ९ अंकले घट्यो नेप्से, आज सर्वाधिक मूल्य बढ्नेमा कालिन्चोक हाइड्रो पावर
जेठ १२, २०८३ मंगलबार
छुटाउनुभयो कि?
हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी
जेठ १३, २०८३ बुधबार
नासाद्वारा चन्द्रमाको सतहमा मानव वस्तिका लागि चन्द्र आधार योजना सार्वजनिक
जेठ १३, २०८३ बुधबार
बेल्जियम रेल–मिनीबस दुर्घटनामा चार जनाको मृत्यु
जेठ १३, २०८३ बुधबार
किन संसद भवन जान डराउँछन प्रधानमन्त्री बालेन ? ज्योतिषीय दृष्टिकोण र भवन सेटिङमै छ प्रश्न
जेठ १३, २०८३ बुधबार
बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, पाँच हजार टन भित्रियो
जेठ १३, २०८३ बुधबार
यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण
जेठ १३, २०८३ बुधबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
इजरायल