त्रिवेणी–मुक्तिनाथ यात्रा : नयाँ ऊर्जा नयाँ अनुभूति
gorkhapatraonline.com · Sat Jun 20 04:04:51 GMT 2026

त्रिवेणीको पवित्र सङ्गमबाट सुरु भएर मुक्तिनाथको मोक्षधामसम्म पुग्ने यो यात्रा केवल भूगोलको यात्रा होइन, यो आत्माको शुद्धीकरण र ईश्वरसँगको साक्षात्कारको यात्रा हो । जो एक पटक यस यात्रामा निस्किन्छ, उसको जीवनमा परिवर्तन आएको महसुस गर्छ । यात्राको हरेक क्षणमा नयाँ ऊर्जा र नयाँ अनुभूति पाइन्छ ।
नेपाल–देवभूमि, जहाँ हिमालका चुचुरा स्वर्ग छुने गर्छन् र नदी पवित्र तीर्थलाई गला लगाउँछन् । यो भूमिमा एउटा यस्तो धार्मिक यात्रापथ छ, जसले गण्डकी र लुम्बिनी क्षेत्रका अनेकौँ तीर्थस्थल र पवित्र धाम एकसूत्रमा जोड्छ । त्रिवेणी–देवघाटबाट सुरु भई अन्तिममा मोक्षको द्वार मुक्तिनाथमा पुगिन्छ । यो यात्रा केबल स्थानको यात्रा मात्र होइन, यो आत्माको यात्रा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)