दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेले हान्यो गोल
barnanmedia.com · Sat Jun 20 03:59:01 GMT 2026

जारी विश्वकपमा पराग्वेले टर्कीविरुद्ध अग्रता लिएको छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै पाराग्वेले गोल गरेको हो।
पाराग्वेका लागि माटियास गालार्जाले गोल गरेका हुन्।
पहिलो खेलमा पराजित दुवै टोली पहिलो जित हासिल गर्ने प्रयासमा छन्।
टर्की आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग २-० ले र पाराग्वे विश्वकप सहआयोजक अमेरिकासँग ४-१ ले हारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)