तिम्बुङ ट्रेल रनमा सञ्जय र कमला प्रथम
kendrabindu.com · Sat Sep 12 03:24:17 GMT 2026
पाँचथर । पूर्वको चर्चित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा आयोजित अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगितामा पुरुषतर्फ इलामका सञ्जय राई (समीर) र महिलातर्फ डोल्पाकी कमला (सुनसरी) क्षेत्री प्रथम भएकी छन् ।
२१ किलोमिटर दुरी राईले १ घण्टा २४ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् । सोलुखुम्बुका अर्जुन कुलुङ राई दोस्रो र ताप्लेजुङ मैवाखोलाका फुर्वालाक्पा शेर्पा तेस्रो भए ।त्यस्तै महिलातर्फकप् क्षेत्रीले १ घण्टा ४६ मिनेटमा दूरी पूरा गर्दै प्रथम भइन् भने पाँचथरकी अन्जना लिम्बू दोस्रो भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)