बजेट तथा योजनामाथि संसद्मा छलफल : सांसदकै छैन रुचि, हाजिर गर्दै टाप
ekantipur.com · Tue Jun 11 23:37:25 UTC 2024

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल गर्ने कार्यसूची तय थियो । करिब ७ घण्टा ४५ मिनेट चलेको छलफलमा ५ घण्टा यी तीन मन्त्रालयका लागि विनियोजन गरेको बजेट र योजनामाथि ४२ सांसदले धारणा राखेका थिए ।
जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरूको उपस्थिति भने निराशाजनक रह्यो । देशको कृषि समस्या समाधान गर्न, बेरोजगारी अन्त्य गरी रोजगारी सिर्जना गर्न, विदेशमा जोखिममा रहेका नेपालीका श्रमशक्तिलाई राहत दिन तथा शिक्षाको बिग्रँदो स्थितिलाई सुधार्नका लागि कहाँ कति बजेट विनियोजन भएको छ र कसरी कार्यान्वयन गर्ने भन्ने छलफलमा शीर्ष नेता तथा सांसदकै सहभागिता निराशाजनक रह्यो । कृषि, श्रम तथा रोजगारी र शिक्षाका विषयमा मन्त्रालयगत बजेट विनियोजनको छलफलको सुरुदेखि नै सांसदहरूमा चासो देखिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)