बेवारिसे पुरुषको उद्धार: मानवसेवा आश्रम पठाइयो
gorkhapatraonline.com · Sat Sep 12 03:29:28 GMT 2026

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित एस मोड दाउन्ने सडक क्षेत्रमा विगत केही वर्षदेखि अभिभावकविहीन अवस्थामा भौँतारिइरहेका एक पुरुषको उद्धार गरिएको छ।
अन्दाजी ५० वर्षका देबेन्दर नाम बताउने, मानसिक सन्तुलन गुमेको जस्तो देखिने र असहाय अवस्थामा सडकमा जीवन बिताइरहेका ती पुरुषलाई उद्धार गरी सुरक्षित संरक्षणका लागि मानवसेवा आश्रम, रुपन्देही पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)