विमानस्थलमा दैनिक भिड, युवालाई कहिलेदेखि स्वदेशमै रोजगारी ?
annapurnapost.com · Sat Jun 20 04:10:58 GMT 2026

काठमाडौं : काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रायःजसो दैनिक रूपमा देखिएको दृश्यले नेपाली समाज, अर्थतन्त्र र राज्य व्यवस्थाको एउटा गम्भीर यथार्थ उजागर गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रस्थान गर्ने यात्रुहरूको अत्यधिक भिड, हातमा सुटकेस र काँधमा सपना बोकेर विदेशतर्फ लाग्न बाध्य छन्, युवाहरू । यसबाट एउटा प्रश्नलाई पुनः उठाएको छ ‘स्वदेशमा रोजगारी कहिले, सरकार ? अनि सरकारको रोजगारी नीति कहाँ छ ?’
विमानस्थलमा देखिएको यो भिड केवल यात्रुको संख्या होइन; यो नेपालको बेरोजगारी, अवसरको अभाव र राज्यको विकास नीतिमाथिको मौन टिप्पणी हो । देशभित्र सम्भावना हुँदाहुँदै पनि लाखौं नेपाली युवा आफ्नो श्रम, सीप र ऊर्जा विदेशी भूमिमा खर्च गर्न बाध्य छन् । उनीहरू देश छोड्न चाहँदैनन्, तर परिस्थितिले बिदेसिन बाध्य बनाएको छ भने नेपालको अर्थतन्त्रको एउटा प्रमुख आधार वैदेशिक रोजगारी बनेको दशकौं भइसक्यो । खाडी राष्ट्रहरू, मलेसिया, दक्षिण कोरिया, जापान, युरोप र अन्य मुलुकहरूमा पसिना बगाइरहेका नेपालीहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई टिकाइरहेको छ तर रेमिट्यान्सले अर्थतन्त्र धानिरहेको बेला गाउँहरू युवाविहीन बन्दै गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ