युएईविरुद्ध नेपालको गतिलो सुरुआत, आसिफले हाने अर्धशतक
kendrabindu.com · Sat Sep 12 03:32:00 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले अर्धशतक बनाएका छन् । मलेसियामा जारी खेलमा शेखले युएईविरुद्ध ७३ बलमा अर्धशतक बनाएका हुन् । उनले ४ चौका र १ छक्का प्रहार गरे ।
एकदिवसीय क्रिकेटमा उनको यो १६ औं अर्धशतक हो । टस जितेर ब्याटिङमा उत्रिएको नेपालले यो समाचार लेख्दासम्म २६ ओभरमा १ विकेट गुमाएर ११५ रन जोडेको छ । ओपनर अर्जुन कुमाल ४३ रन जोडेर पभेलियन फर्किए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)