आरोहीले भरिँदै मनास्लु बेस क्याम्प
gorkhapatraonline.com · Sat Sep 12 03:33:27 GMT 2026
शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरू धमाधम आधार शिविर पुग्न थालेपछि उत्तरी गोरखाको मनास्लु क्षेत्र यतिबेला आरोहीहरूको चहलपहलले भरिएको छ । आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको काखमा रहेको बेस क्याम्पमा शिखर चुम्ने सपना बोकेका आरोही र उनीहरूका सहयोगीहरू आवश्यक तयारीमा जुटेका छन् ।
पर्यटन विभागका निर्देशक सुरज घिमिरेका अनुसार यस वर्ष मनास्लु हिमाल आरोहणका लागि ३५ आरोहण दलका ४२२ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा ३१३ पुरुष र १०९ महिला छन् । विभागको तथ्याङ्कअनुसार यो सिजनमा अन्य हिमालको तुलनामा मनास्लु हिमाल आरोहण गर्ने विदेशीको सङ्ख्या बढी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)