मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशनमा एमालेले प्रदीप ज्ञवालीलाई पठाउने

setopati.com · Sat Jun 20 04:20:24 GMT 2026

नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई पठाउने भएको छ।

चितवनमा आइतबारदेखि सुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता गरेको थियो।

यद्यपि उनी नजाने तय भएको एमालेका एक नेताले जानकारी दिए।

एमालेबाट अध्यक्ष मात्रै होइन पदाधिकारी तहका नेताको पनि सहभागिता नहुने निश्चित भएको हो।

महाधिवेशनमा सहभागी हुन लागेका नेता ज्ञवाली अहिले केन्द्रीय सदस्य मात्रै छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)