पश्चिम दाङलाई पर्यटकीय गन्तव्य बनाउने योजना छ : मन्त्री मास्की
ratopati.com · Tue Jan 02 01:03:00 GMT 2024
तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की (राजेश)ले पश्चिम दाङलाई पर्यटनको गन्तव्य बनाउने बताएका छन् । हापुरेमा लागेको महोत्सवलाई समापन गर्दै उनले पश्चिम महोत्सव पर्यटन प्रचारको माध्यम बन्नुपर्ने बताए । उनले पुरन्धारा झरनालाई व्यापक प्रचार गर्न यस्ता महोत्सवले भूमिका खेल्नु पर्ने बताए ।
सोही झरनाका लागि चालु वर्षमा डीपीआर अनुसार संरचना निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको मन्त्री मास्कीले बताए । साथै प्रदेश सरकारबाटै झरना नजिकै रहेको बबईमा ¥याफ्टिङका लागि २० लाख, बञ्जिजम्प र क्यानोयिङको सम्भाव्यता अध्ययनका लागि २० लाख बजेट विनियोजन गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)