सभामुखले समय नै नदिई रोस्ट्रममा पुगेका पूर्वमुख्यमन्त्री राईलाई मर्यादापालकले तल झारे
baahrakhari.com · Wed May 27 08:57:12 GMT 2026

विराटनगर । विपक्षी दलका सांसदले बुधबार (जेठ १३) कोसी प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संशोधन हाल्ने समय छलेर पारित गरिएको भन्दै उनीहरूले बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रममा विपक्षीले संशोधन नै नल्याएको भन्दै जसपा संसदीय दलका नेतालाई विशेष समयमा आफ्नो विचार राख्न समय दिएका थिए । त्यसपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रमतर्फ उक्लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)