हिउँको ओछ्यान सौन्दर्यको बिस्कुन
nagariknews.nagariknetwork.com · Sat Sep 12 03:29:49 GMT 2026

हप्ता दिनभन्दा बढी लामो पदयात्राको थकाइलाई बिस्तारै बिसाउँदै जब सगरमाथा आधार शिविरको ढोका उघ्रिन्छ, पृथ्वीको सबैभन्दा अग्लो शिखरको फेदमा आइपुगेको अनुभूतिले मनभरि अवर्णनीय उल्लास छाउँछ।
लाग्छ, अन्तिम गन्तव्यको सौन्दर्य र यात्राको परम आनन्द यहीं आएर थामिएको छ। मसँगै आइपुगेका असङ्ख्य पदयात्रीहरूको अनुहारमा पनि उस्तै उज्यालो फैलिएको देख्छु। सबैका आँखामा एउटै भाव झल्किरहेको हुन्छ– लामो हिँडाइपछि लक्ष्य भेट्टाएको गहिरो सन्तोष र त्यसले दिएको अनुपम आनन्द !
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)