मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यानडासँगको दोस्रो एक दिवसीय अभ्यास खेलमा नेपाल ८३ रनले पराजित

Ujyaaloonline.com · Thu Jul 07 00:40:37 GMT 2022

काठमाण्डाै - नेपाल दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको छ । योसँगै दुई खेलको एक दिवसीय श्रृङ्खला क्यानडाले जितेको छ । पहिलो खेल वर्षाका कारण प्रभावित भएको थियो ।

जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भयो । नेपालका देव खनालले सर्वाधिक २६ रन बनाए । ओपनर कुशल भुर्तेल १ रन र पवन सरार्फ १४ रनमा आउट भए । बसिर अहमद, विनोद भण्डारी र आदिल अन्सारीले समान १३ रन जोडे । सन्दीप लामिछाने ११ रनमा आउट भए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)