मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रकरणले कांग्रेस–माओवादी सम्बन्धमा ‘चिसो’

ekantipur.com · Sun Jan 28 00:32:24 GMT 2024

काठमाडौँ — राष्ट्रिय सभा सदस्यको बिहीबार सम्पन्न चुनावमा कोशी प्रदेशको परिणामलाई लिएर सत्ता गठबन्धनभित्रै संशय उत्पन्न भएको छ । कांग्रेसभित्रको अन्तरविरोधले कोशीमा बारम्बार ‘धोका’ पाएको भन्दै माओवादीका केही नेताले सत्ता गठबन्धनमा नै पुनर्विचार गर्नुपर्नेसम्मको अभिव्यक्ति दिइरहेका छन् । गठबन्धनको मुख्य घटक कांग्रेसका नेताहरूले भने कोशीलाई देखाएर माओवादीले सत्तामा थप ‘बार्गेनिङ’ बढाउन खोजेको आशंका गरेका छन् ।

राष्ट्रिय सभाको १९ सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनले सातवटै प्रदेशमा साझा उम्मेदवार अघि सारेको थियो । ६ वटा प्रदेशको नतिजा सत्ता गठबन्धनको पक्षमा आए पनि कोशीमा भने माओवादी उम्मेदवार पराजित भएपछि गठबन्धनभित्र चिसो पसेको हो । कोशीबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले चुनाव जित्दा माओवादी नेतृ चम्पादेवी कार्की एमालेकी उम्मेदवार रुक्मिणी कोइरालासँग हार्न पुगेकी थिइन् । यस्तो परिणाम आउनुमा माओवादी नेताहरू कांग्रेसभित्रको अन्तरकलह मुख्य कारण रहेको ठान्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)