प्रधानमन्त्री बालेन्द्र शाह संसद्सँग किन त्रसित देखिन्छन् ?
ajakoartha.com · Wed May 27 08:42:00 GMT 2026

नेपालको लोकतान्त्रिक इतिहासमा जनताबाट प्रत्यक्ष आशा, उत्साह र ठूलो समर्थन पाएको नेतृत्वमध्ये प्रधानमन्त्री बालेन्द्र शाह अहिले सबैभन्दा बढी आलोचनाको केन्द्रमा छन्। विगतमा पुराना दलहरूलाई असफल भन्दै नयाँ राजनीतिक संस्कारको वकालत गरेका बालेन्द्र शाह आज स्वयं लोकतान्त्रिक अभ्यासको कठघरामा उभिएका छन्। प्रश्न केवल उनको व्यक्तित्वको होइन, प्रश्न लोकतन्त्रको आत्माको हो। प्रश्न संसद्को गरिमाको हो। प्रश्न संविधानको सम्मानको हो।
आज देशभर एउटा प्रश्न गुञ्जिरहेको छ- यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसद्सँग किन त्रसित छन् ? संसदबाट किन टाढा भागिरहेका छन् ? संसद्लाई किन छल्न खोजिरहेको छ ? लोकतन्त्रमा संसद् केवल एउटा भवन होइन, त्यो जनताको सार्वभौम अभिव्यक्तिको केन्द्र हो। त्यही संसद्ले प्रधानमन्त्री जन्माउँछ, सरकार निर्माण गर्छ, उत्तरदायित्व तोक्छ र आवश्यक पर्दा सरकारलाई सच्याउने काम गर्छ। तर अहिले परिस्थिति यस्तो बनेको छ कि प्रधानमन्त्री संसदको उत्तरदायित्वबाट जोगिन खोजिरहेको दृश्य देखिन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)