मनसुन सुरु नहुँदै मेची राजमार्गमा समस्या
gorkhapatraonline.com · Sat Jun 20 04:43:26 GMT 2026

मनसुुन सुुरु नहुँदै मेची राजमार्ग अन्तर्गत इलामको माइखोलामाथि राजदुवाली–भन्ज्याङ सडकखण्ड सवारी पार गर्न समस्या भएको छ । गत असोज १८ गते रातिको वर्षाका कारण पहिरो गएको सो खण्डमा पहिरोमाथि नै ट््याक खोलेर यातायात सञ्चालनमा ल्याइएको थियो ।
बिहीबारदेखि निरन्तर वर्षा हुुन थालेपछि उक्त खण्डमा निरन्तर सडक बग्ने र हिलोका कारण सवारीसाधनलाई सञ्चालनमा समस्या भएको हो । बिहीबार राति माईखोलामा आएको बाढीले सो स्थानमा मर्मतका सामग्री बगाएको छ । बाढीले तारजारी, पाइपलगायत केही मेसिनसमेत बगाएको सडक डिभिजन कार्यालयले जनाएको छ । यहाँ खोलाबाटै वाल उठाएर सडक मर्मतको काम हुँदै थियो । खोलाबाटै पर्खाल उठाएर बाटो बनाउनुपर्ने भएकाले मर्मतका सामग्री खोलाकै सतहमा थिए । सडक डिभिजन प्रमुख पवन भट्टराईले भन्नुभयो, “बगरै ढाक्ने गरी आएको बाढीले राजमार्ग मर्मतको सामान बगाएको छ । पुनः सामग्री भेला गरेर मर्मत त गर्नु नै छ ।”
असोज १८ को बाढीले माईखोलाको बेलासेस्थित पक्की पुलको आधा भाग भासिएको, पुवाखोला र जोगमाईखोलाको बेलिब्रिज बगाएको थियो । मेची राजमार्गको राजदुवालीमाथिको सडकमा भने पहिरो गएर १२ दिनसम्म यातायात अवरुद्ध भएको थियो । अहिले पनि यो स्थानमा सवारी पार गराउन धेरै मुुस्किल रहेको पुूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घ इलामका अध्यक्ष गृष्म सुुब्बाले बताउनुुभयो ।
सुब्बा भन्नुहुन्छ, “वैकल्पिक सडकमा बेलैमा काम भएको भए यति दुुःख हुुने थिएन । अब अरू बेलिब्रिजको पनि काम होला जस्तो छैन । यस पटक मेचीका पहाड क्षेत्रका बासिन्दाले धेरै सास्ती खेप्नुुपर्ने छ ।”
यस्तै इलाम–झापा केचनाञ्चनजङ्घा द्रुतमार्गको बेलासे माईखोलामा निर्माणाधीन बेलिब्रिज पनि बाढीले क्षति गरेको छ । बेलासेमा बनाइएको डाइभर्सन पनि बाढीले बगाएपछि यो सडक पूर्ण रूपमा यातायात अवरोध भएको छ । अर्को वैकल्पिक मार्गका रूपमा रहेको सिमल गोलाई तिल्केनी सडकपर्ने जोगमाईखोलामा आएको बाढीले त्यहाँको डाइभर्सनसमेत बगाएको प्रहरीले जनाएको छ । जोगमाई, केचनाञ्चनजङ्घा द्रुतमार्गको बेलासे र पुुवाखोलामा बेलिब्रिजका लागि फाउन्डेसनको काम भइरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । बेलासेका लागि भारतबाट बेलिब्रिजको सामान आइपुुगे पनि पुुल जोड्ने प्राविधिक टोली भारतबाट आई नपुुगेकाले काममा ढिलो हुने डिभिजन प्रमुुख भट्टराई बताउनुुहुुन्छ । भारत सरकारको सहयोगमा निर्माण हुुने तीन वटै पुुल जोड्न पनि भारतीय प्राविधिक सहयोग रहेकाले उतैबाट टोली आउनुुपर्ने सम्झौता रहेको छ । एउटा पुुल जोड्न कम्तीमा १५ दिन लाग्ने भए पनि काम सुुरु हुुनै लागेको भट्टराईले बताउनुुभयो ।
मेची राजमार्ग इलामसहित पाँचथर, ताप्लेजुुङ र तेह्रथुमको केही भागका लागि ‘लाइफलाइन’ का रूपमा रहेको छ । वर्षायाममा राजदुुवालीमा अवरोध हुुनासाथ वैकल्पिक सडक पनि नखुुलेको अवस्थामा मेची पहाडको दैनिक जनजीवनमा समस्या हुुने आशङ्का बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)