पाश्चात्य दर्शनको शुरूवात कहाँबाट, कसरी भयो ?
lokaantar.com

पाश्चात्य दर्शनको कुरा गर्दा सर्वप्रथम युनानी दर्शनको कुरा आउँछ । किनभने यसैको आधारमा युरोपेली दर्शनको आधारभूमि तयार भएको हो । युनानलाई हाल ग्रीस भन्ने गरिएको छ । त्यतिबेला भने बढी यथेन्सको नामले परिचित देखिन्छ ।
युनान नाम कसरी रह्यो भन्ने सम्बन्धमा भने त्यस मुलुकको बनोटलाई हेर्नुपर्ने हुन्छ । यो मुलुक तत्कालीन क्षुद्र एसिया अर्थात् हालको तुर्की र कतिपय युरोपेली सामुद्रिक टापुहरू मिलेर बनेको थियो । त्यहाँका निवासीलाई यवन भनिन्थ्यो । त्यसैको आधारमा त्यस मुलुकलाई युनान भन्ने गरिएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)