मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बसको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको खुल्यो पहिचान

annapurnapost.com · Wed May 27 09:10:56 GMT 2026

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ। उनी रौतहटकै चन्द्रपुर नगरपालिका—१ पौराई निवासी २६ बर्षीय शेख गुलाम रहेको प्रहरीले जनाएको छ ।

गुलामको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो । राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकल सवार गुलामलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट सहायक प्रहरी नायव निरीक्षक रामकुमार अधिकारीको कमाण्डमा ९ जना र जिल्ला ट्राफिक कार्यालयबाट ट्राफिक प्रमुख राजेन्द्र थापा मगरको कमाण्डमा १० जनाको टोलीले उद्धार गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)