एक गाग्री पानीका लागि रातभर लाइन, मुगुको सोरुमा खानेपानीको हाहाकार
kalakarmi.com · Sat Jun 20 04:48:36 GMT 2026

मुगु- मुगुको सोरु गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभावले विकराल रूप लिएको छ । प्राकृतिक पानीका मुहानहरू सुक्दै गएपछि स्थानीय नागरिक र पशुचौपायालाई दैनिक आवश्यक पानी जुटाउनसमेत कठिन भएको छ ।
सोरु गाउँपालिकाका वडा नम्बर १, २ र ३ का दुई दर्जनभन्दा बढी बस्तीमा रहेका पानीका स्रोत खडेरी, जलवायु परिवर्तन, अव्यवस्थित ग्रामीण सडक निर्माण तथा तीव्र वन फँडानीका कारण क्रमशः सुक्दै गएको स्थानीयको भनाइ छ । जसका कारण करीब ३५० भन्दा बढी घरधुरीलाई प्रत्यक्ष असर पर्नुका साथै कृषि र पशुपालनमा समेत प्रभाव परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)