एसीसी प्रिमियर कप फाइनलः आसिफ शेखद्वारा शतक प्रहार
nagariknews.nagariknetwork.com · Sat Sep 12 03:55:18 GMT 2026
एसीसी प्रिमियर कप अन्तर्गत युएईविरुद्धको फाइनल खेलमा आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले १०३ बलको सामना गर्दै शतक प्रहार गरेका हुन्। शेखको यो एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो।
आसिफले ८ चौका र ४ छक्का प्रहार गर्दै अविजित क्रिजमा रहेका छन्। यो खबर तयार पार्दासम्म नेपालले २ विकेटको क्षतिमा ३४ ओभरमा १८५ रन जोडेको छ। आसिफलाई रोहित पाैडेल १७ रन बनाएर साथ दिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)