मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पन्चैबाजा संरक्षणमा महिला

gorkhapatraonline.com · Sat Jun 20 04:56:17 GMT 2026

सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित तुम्लिङटारका स्थानीय महिला समूह नै गठन गरी पन्चैबाजा संरक्षणमा लागिपरेका छन् । विभिन्न धार्मिक कार्य विवाह, व्रतबन्ध वा अन्य सामाजिक समारोहमा नौमती पन्चैबाजा बजाउन थालिएको छ । परम्परागत संस्कृतिलाई जोगाई राख्न स्थानीय महिला सव्रिmय रूपमा लाग्दै आएका छन् । स्थानीय तहले पनि यसलाई प्रोत्साहन गर्दै आएको छ । परम्परागत बाजाको संरक्षण गर्न खाँदबारी नगरपालिका–९ को वडा कार्यालयमा महिलाले नौमती बाजाको माग प्रस्तुत गरेको स्थानीय कुमारी मगरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिला पहिला पुरुषले मात्रै बाजा बजाउने गरेका थिए तर सिप सिकेपछि बाजाको संरक्षण पनि हुने र महिला आत्मनिर्भर हुन सक्ने भएकाले पनि वडासँग बाजाको माग गरेका हौँ ।”

त्यसो त विगतमा कुनै निश्चित समुदायका मानिसले मात्र नौमती वा पन्चैबाजा बजाउने गर्थे तर पछिल्लो समय पन्चैबाजा बजाउने मानिस कम भएको र ती लोप हुन थालेपछि महिलाहरू अगाडि सरेको तुम्लिङटारकी नरकुमारी कुमाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले पनि बाजा बजाउन केही समय तालिम पाएमा पुरुषले जस्तै बजाउन सक्छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)