कोशीबाट भित्रियो मनसुन, देशैभर फैलन समय लाग्ने
hamrakura.com · Sat Jun 20 00:00:00 GMT 2026
काठमाडौँ । शुक्रबारदेखि नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रुपमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन आगमन बुलेटिन अनुसार कोशी प्रदेशको केही भूभागबाट मनसुन नेपाल भित्रिएको हो ।
यद्यपि नेपालका अन्य भूभागमा भने मनसुन फैलिन अझै केही दिन लाग्नेछ । विभागका अनुसार बंगालको खाडीबाट विकसित मनसुनी वायु नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको छ ।
हाल मनसुनको प्रभाव विशेषगरी कोशी प्रदेशका केही क्षेत्रमा देखिएको छ । अहिले मनसुन कमजोर अवस्थामै रहे पनि आगामी केही दिनमा क्रमशः देशका अन्य भूभागमा समेत फैलिने सम्भावना रहेको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)