मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटो जात्राको समयमा अनुमतिबिना ड्रोन उडाउन नपाइने

nepalviews.com · Sat Jun 20 05:04:12 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा अनुमति बिना ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै आज ललितपुर महानगरपालिका–४ जावलाखेलमा भोटो देखाउने कार्यक्रमको अनुमति बिना बेलुका ५ देखि ७ बजेसम्म ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।

कार्यालयको अनुुुसार ललितपुर महानगरपालिका–४ जावलाखेलमा भोटो देखाउने कार्यक्रमको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बेलुका ५ बजेदेखि ७ बजेसम्म मानवरहित हवाई उपकरण (ड्रोन) उडाउन प्रतिबन्ध लगाइएको हो ।

कार्यालयले उक्त अवधिभित्र आफ्नो अनुमतिबिना कुनै पनि व्यक्ति वा संस्थाले ड्रोन उडाएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय