मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बनभोजबाट फर्किँदै गरेको स्कुल बस दुर्घटनाग्रस्त, चालकसहित तीनको ज्यान गयो

kalakarmi.com · Sat Jun 20 05:12:34 GMT 2026

उदयपुर- उदयपुरमा शनिवार एक दर्दनाक सवारी दुर्घटना भएको छ । बनभोजबाट फर्किरहेका विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा पर्दा चालकसहित तीन जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।

जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा अन्नपूर्ण स्कुलको बस दुर्घटनामा परेको हो । दुर्घटनामा बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, बसमा सवार ७ वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय विकास चौधरीको पनि ज्यान गएको छ ।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पुर्‍याएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगर रिफर गरिएको छ ।

प्रहरीका अनुसार विद्यार्थी तथा शिक्षकहरू बनभोजबाट फर्किरहेका बेला बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)