मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस संसदीय दलको बैठक बस्दै

kendrabindu.com · Sat Jun 20 05:19:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज शनिबार बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो।

दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम-कारबाहीमा निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ।

मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्‌को निर्णय तथा सरकारकोे कामकारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गरिरहेका छन्। आजको बैठकमा संसदीय समितिका गतिविधि, संसद्‌मा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय