समाजसेवी थापाको सहयोगमा दलित परिवारलाई छानो
gorkhapatraonline.com · Wed May 27 09:51:03 GMT 2026

बाँकेको खजुरा गाउँपालिका –४ ई गाउँका दिलबहादुर बिक र खिमासरा विक दुईजना साना नातिनीसहित घरमा बस्दै आउनुभएको छ । डेढ दशक अगाडि छाएका जस्तापाता चुहिने भएपछि उहाँहरुलाई हरेक पटक बर्षामा लत्ताकपडा, अन्नपात र अन्य सामग्री बचाउने चिन्ता हुन्थ्यो ।
बर्षाको पानी छेक्न घरभित्र त्रिपाल लगाएपछि पानी घरभित्र पस्न नरोकिएको खिमसरा बताउनुहुन्छ। सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्ने दिलबहादुरको परिवारमा वर्षा सुरु हुनेबित्तिकै चिन्ता हुन्थ्यो, अन्नपात कसरी जोगाउने, लत्ताकपडा कहाँ सार्ने, नातिनीहरूको किताब कापी कसरी सुरक्षित राख्ने । चुहिने छानोमुनि बितेका ती रातहरू उहाँहरूका लागि जीवनको कठोर यथार्थ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)