मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका र इरानपछि इजरायल र हिजबुल्लाबीच युद्धविराम

shilapatra.com · Sat Jun 20 05:18:00 GMT 2026

अमेरिका र इरानले गरेको युद्धविरामपछि इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाले पनि युद्धविराम गरेका छन् ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार ४७ जनाको ज्यान जानेगरी इजरायलले गरेको दक्षिणी लेबनानको हमलापछि युद्धविराम भएको एक अमेरिकी अधिकारीले उल्लेख गरेका छन् । त्यसअगाडि हिजबुल्लाले चार इजरायली सैनिक मारेको थियो ।

इजरायली अधिकारीले युद्धविराम भएता पनि तत्कालीन चुनौतीलाई पार लाउँदै वार्ता गर्ने बताएका छन् भने हिजबुल्लाको तर्फबाट भने युद्धविरामबारे कुनै पनि औपचारिक धारणा यो सामग्री तयार गर्दासम्म आएको छैन ।

अमेरिकाले इजरायललाई युद्धविराम गर्न दबाद दिँदै गर्दा इजरायलका उग्रवादीले भने उग्र मन्तव्य दिन छोडेका छैनन् । इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन गाभिरले सार्वजनिक रूपमै भनेका छन्, ‘एक इजरायली आमाको आँशुको बदलामा एक हजार लेबनानी आमाको आँशु झर्नुपर्छ ।’

प्रकाशित मिति: शनिबार, असार ६, २०८३

११:०३

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)