विराटनगरका गुन्डा नाइके अभिषेक गिरी पक्राउ
annapurnapost.com · Sat Jun 27 06:09:58 GMT 2026

विराटनगर : नेपाली कांग्रेसको संरक्षणमा आपराधिक राज चलाइरहेका विवादास्पद छविका गुन्डा नाइके अभिषेक गिरी पक्राउ परेका छन् । शनिबार बिहान गिरीको विराटनगर मधुमारास्थित घरमा छापा मारेको प्रहरीले घरबाटै उनलाई नियन्त्रणमा लिएको हो ।
घरमा अवैध हतियार लुकाएर राखेको आशंकामा पुगेको प्रहरीले जिल्ला कारागार मोरङका कैदीबन्दीसँग रकम असुल गरेको आरोपमा गिरीलाई पक्राउ गरेको हो । कारगारलाई आफ्नो नियन्त्रणमा लिएर कैदीबन्दीमाथि असुली धन्दा चलाइरहेका थिए । पैसा बुझाउन नसक्नेलाई कारागारभित्रै चरम यातना दिने गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)