ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलरको कर्जा सम्झौता , साना व्यवसाय र महिला उद्यमीको वित्तीय पहुँच विस्तारमा जोड
arthadabali.com · Wed May 27 10:06:58 GMT 2026

काठमाडौं/ नेपालमा लघु, साना तथा मझौला उद्यम (MSMEs) को वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित British International Investment र Laxmi Sunrise Bank Limited बीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ।
यो सम्झौता अन्तर्गत लक्ष्मी सनराइज बैंकले MSME क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ। विशेषगरी कुल कर्जा सुविधाको करिब ३० प्रतिशत हिस्सा महिला उद्यमी तथा महिलाको नेतृत्वमा रहेका व्यवसायलाई लक्षित गरिनेछ। यसले नेपालमा समावेशी आर्थिक वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
काठमाडौँ