मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबल : पाराग्वेसँग पराजित हुँदै टर्की समूह चरणबाट बाहिरियो

kathmandupati.com · Sat Jun 20 05:33:23 GMT 2026

काठमाण्डु- फिफा विश्वकप-२०२६ को समूह ‘डी’ को खेलमा पराग्वेसँग १–० ले पराजित हुँदा टर्कीको विश्वकप यात्रा टुंगिएको छ ।

सनफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पराग्वेले खेलको दोस्रो मिनेटमा नै गोल गरेको हो । पराग्वेको लागि माटियास गालार्जले गोल गरेका हुन् । यो गोल नै निर्णायक रह्यो ।

लगातार दोस्रो हारपछि टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। खेलको २ मिनेटमै माटियाज गालाजाराले एक गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। टर्कीले प्रयास गर्दा पनि कुनै पनि गोल फर्काउन सकेन।

पाराग्वे खेलाडी मिगेल अल्मिरोनलाई खेलको ४ प्लस ३ मिनेटमा रेड कार्ड दिइएको थियो। रेड कार्ड पाएपछि अल्मिरोन खेलबाट बाहिरिएका थिए। अर्को टोलीसँग कुरा गर्दा हातले मुख छोपेका कारण उनलाई रेड कार्ड दिइएको हो। यसरी रेड कार्ड पाउने उनी पहिलो खेलाडी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)

सम्बन्धित विषय