मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

"ज्ञानेन्द्र शाहीको अख्तियारमाथि विस्फोटक आरोप! '६५ ठूला भ्रष्टाचारका फाइल दराजमै थन्किए'

barnanmedia.com · Sat Jun 20 05:32:54 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कडा प्रहार गर्दै ठूला भ्रष्टाचारका फाइलहरू वर्षौंदेखि थन्काएर राखिएको आरोप लगाएका छन्।

शाहीले एनसेल, वाइडबडी, मेलम्ची लगायत ६५ वटा ठूला भ्रष्टाचारका प्रकरण अझै निष्कर्षमा नपुगेको उल्लेख गर्दै ती फाइलहरू अख्तियारको दराजमा धुलो खाएर बसेको दाबी गरे। उनले अख्तियारले साना मुद्दामा सक्रियता देखाए पनि ठूला भ्रष्टाचारीमाथि कारबाही गर्न नसकेको आरोप लगाए।

“३५ वर्षदेखि राजनीतिकरणले जेलिएको अख्तियार रक्षक होइन, भक्षक बन्यो,” भन्दै शाहीले भ्रष्टाचारविरुद्ध निर्णायक कदम चाल्न सरकारलाई दबाब दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह लाई सम्बोधन गर्दै उनले ती फाइलहरू तत्काल खोल्न, अनुसन्धान अगाडि बढाउन र “ठूला माछालाई क्राप झ्याप पार्न” आग्रह गरेका छन्। भ्रष्टाचारविरुद्ध कडा कदम चालिए आफूहरू सरकारको साथमा रहने समेत उनले बताएका छन्।

शाहीको यो अभिव्यक्तिपछि अख्तियारको भूमिका, ठूला भ्रष्टाचार काण्डको अवस्था र राजनीतिक संरक्षणबारे नयाँ बहस सुरु भएको छ

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय