क्षितीज बने नेपालमा पहिलो पटक आयोजित फ्रिस्टाइल चेस च्याम्पियन
setopati.com · Fri Mar 14 16:52:00 GMT 2025
नेपालमा पहिलोपल्ट आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् । उनले फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई शुक्रबार पराजित गर्दै उपाधि जितेका हुन् ।
‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले मिलनको चुनौती समाप्त पार्दै सफलता हात पारेका हुन् । उनले सेमिफाइनलमा पुनम प्रसाइँलाई पराजित गरेका थिए भने मिलनले सुजन काफ्लेलाई हराएर उपाधि होडको यात्रा तय गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)