साउदी अरेबियाको सरकारी कम्पनीले किन्ने भयो पोकेमन गो
ekantipur.com · Fri Mar 14 17:09:14 GMT 2025
काठमाडौँ — साउदी अरेबिया सरकारको लगानी रहेको कम्पनी ‘स्कोप्ली’ ले चर्चित मोबाइल गेम ‘पोकेमोन गो’ खरिद गर्ने तय भएको छ । पोकेमन निर्माता 'नियान्टिक'ले ३.५ अर्ब अमेरिकी डलरमा आफ्नो यस गेम तथा गेमिङ डिभिजन स्कोप्लीलाई बिक्री गर्न लागेको जनाएको छ । सन् २०१६ को डिसेम्बरमा पोकेमन गो नेपालसहित दक्षिण एसियाली देशहरूमा पनि उपलब्ध भएको थियो ।
पोकेमन गोसँगै नियान्टिकका गेम डेभेलपरहरू र मन्स्टर हन्टर नाउ र पिकमिन ब्लुमजस्ता मोबाइल गेम पनि साउदी कम्पनीकै स्वामित्वमा आउने गरी सम्झौता भएको छ । अग्मेन्टेड रियालिटि (एआर) प्रविधिमा आधारित गेम बनाउने कम्पनीका रूपमा ख्याती कमाएको नियान्टिकले आफ्ना चर्चित गेम साउदी अरेबिया सरकार मातहतको कम्पनीलाई बिक्री गर्नुलाई गेमिङ उद्योगमाझ चासोसाथ हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)