रास्वपा सांसद बल्लु गुप्ता र पुरुषोत्तम यादवमाथि छानबिन गर्न सिफारिस
baahrakhari.com · Wed May 27 10:34:19 GMT 2026

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बल्लु गुप्ता र पुरुषोत्तम यादवमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानवअधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनले छानबिन गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरेको हो ।
आयोगले तयार पारेको प्रतिवेदन बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ ।
#राष्ट्रिय मानवअधिकार आयोग
#रास्वपा
#बल्लु गुप्ता
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ