‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
ratopati.com · Sat Jun 20 06:03:54 GMT 2026

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरणमार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने अवधारणा ल्याएको हो ।
गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमद्वारा उद्यमशीलता तथा उत्पादनसँग जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने क्रियाकलाप सञ्चालन गरिने बताए । उनले पालिकाभित्र हुने उत्पादनलाई पाठ्यसामग्रीका रूपमा प्रयोग गरिने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)