कंगोमा इबोला : उच्च सतर्कतामा नेपाली शान्ति सैनिक
onlinekhabar.com · Wed May 27 10:38:55 GMT 2026

१३ जेठ, काठमाडौं । कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता अपनाएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले इबोला प्रकोप देखिएको भन्दै विश्व स्वाथ्य संकट घोषण गरेसँगै उच्च सतर्कता अपनाइएको नेपाली सेनाले बताएको छ ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उच्च सतकर्ता अपनाउँदै डब्लूएचओ तोकेअनुसारको स्वास्थ मापदण्ड लागु गरी काम गरिएको बताएका छन् । अहिलेसम्म भने नेपाली सेनाको टोली संक्रमणमुक्त रहेको बस्नेतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ