पूर्वाधार विस्तारमा उल्लेखनीय प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
aarthiknews.com

काठमाडौँ। मुलुकको आर्थिक तथा सामाजिक विकासको प्रमुख आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षहरूमा लगानी विस्तारसँगै सडक सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेखनीय प्रगति भएको देखिएको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल भएको देखाएको छ। सर्वेक्षणअनुसार सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व प्रति वर्ग किलोमिटर १३८.७ मिटर पुगेको छ। साथै डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत घरधुरीमा पुगेको छ भने मोबाइल टेलिफोन प्रयोगको घनत्व जनसङ्ख्याको १०३.२ प्रतिशत पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)