कांक्रेविहार राष्ट्रिय हाफ म्याराथनले बढायो पुरस्कार राशी
rajdhanidaily.com · Sat Jun 20 06:08:41 GMT 2026
सुर्खेत । आइतबार बिहान वीरेन्द्रनगरमा आयोजना हुने तेस्रो एक्सट्रिम काँक्रेविहार राष्ट्रिय हाफ म्याराथनले पुरस्कार राशी बढाएको छ । “दौडिन्छ कर्णाली” नारासहित आयोजना हुने म्याराथनमा पुरस्कारको राशी यसअघि निर्धारण गरिएको भन्दा बढाएको हो ।
अब २१ किमी हाफ म्याराथनका प्रथम धावकले १ लाख ५० हजार तथा दोस्रोले ७५००० राशाीको पुरस्कार पाउने छन् । महिला म्याराथन र छात्रछात्राको प्रतिस्पर्धामा पनि पुरस्कार राशी बढाइएको छ । प्रतियोगिताको मस्कट, टिर्सट सार्वजनिक गर्दै आयोजकले सो जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)