आसिफको शतकमा यूएईविरुद्ध नेपालले बनायो ३१३ रन
kendrabindu.com · Sat Sep 12 05:23:47 GMT 2026
काठमाडौं । आसिफ शेखको उत्कृष्ट शतक र गुल्शन झाको आक्रामक अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु बलियो चुनौती प्रस्तुत गरेको छ ।
वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल बनाएको हो । अब यूएईले उपाधि जित्न ३१४ रनको लक्ष्य पछ्याउनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)