मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किन धेरै बाँच्छन् ओकिनावावासी ?

farakdhar.com · Tue Jun 08 22:03:31 GMT 2021

एजेन्सी– सबै मानिस धेरै वर्ष बाँच्न र सधैं जवान देखिन चाहन्छन् । तर, कसरी ? वैज्ञानिहरू यसैको खोजीमा छन् । त्यसैले विश्वका सबैभन्दा धेरै वृद्ध मानिस बस्ने जापानको ओकिनावामा वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् । पूर्वी चीनसागरमा रहेको यो द्वीपमा एक सय वर्षभन्दा लामो आयु भएका मानिस बाँकी विश्वमा भन्दा धेरै छन् ।

तर, अचम्मको कुरा के भने यहाँका मानिस उमेर ढल्किए पनि निकै जोसिला देखिन्छन् । उनीहरू आफ्नो काम आफैं गर्न सक्छन् । यहाँका एक लाख मानिसमध्ये ६८ जना एक सय वर्षभन्दा बढी उमेरका हुन्छन् । अमेरिकाको तुलनामा यो तीन गुणा बढी हो । जापानको औषत आयु त्यसै पनि धेरै छ, तर ओकिनावाका मानिस अन्य जापानीभन्दा ४० प्रतिशत धेरै बाँच्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)