रवि लामिछाने र जेलर जोशीको भूमिकाले नख्खुबाट कैदी भाग्न उक्साएको निष्कर्ष
annapurnapost.com · Wed May 27 10:44:12 GMT 2026

काठमाडौं : गत भदौंको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदी भाग्नुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र जेलर सत्यराज जोशीको भूमिका पनि महत्वपूर्ण देखिएको राष्ट्रिय मानवअधिकार आयोगले निष्कर्ष निकालेको छ ।
यसरी ठूलो संख्यामा कैदीबन्दीहरू गैरकानूनी रूपमा बाहिर निस्किएर समाजमा पुग्दा पीडित नागरिकहरूमा असुरक्षाको अवस्था सिर्जना भएको देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । यस किसिमको कार्यले संविधानद्वारा प्रत्याभूत अपराध पीडितको अधिकार उल्लंघन हुनुका साथै कारागार ऐन, २०७९ को दफा ४९ अनुसारको कसुर समेत भएको देखिएको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा उल्लेखित घटनाका सम्बन्धमा रवि लामिछाने, कारागार प्रशासनका जेलर सत्यराज जोशी तथा कारागार व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक मिलन प्रसाद शर्मालाई समेत बयान लिएको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)