मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्व शरणार्थी दिवसः शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

nagariknews.nagariknetwork.com · Sat Jun 20 06:09:23 GMT 2026

आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै प्रत्येक वर्ष जुन २० मा यो दिवस मनाउने गरिन्छ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का अनुसार सन् २०२५ को मध्यसम्म विश्वभर ११ करोड ७३ लाखभन्दा बढी मानिस उत्पीडन, द्वन्द्व, हिंसा, मानवअधिकार उल्लङ्घन वा सार्वजनिक शान्ति–सुरक्षामा गम्भीर असर पार्ने घटनाका कारण विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यान्मार तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गोलगायत मुलुकमा जारी सङ्कटले लाखौँ मानिसलाई घरबार छाड्न बाध्य बनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)