काँग्रेस संसदीय दलको बैठक बस्दै
nepallive.com · Sat Jun 20 06:20:09 GMT 2026
काठमाडौँ – नेपाली काँग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो ।
बैठकमा सरकारका काम-कारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुने बताइएको छ ।
यसैगरी, संसदीय समितिका गतिविधि, संसद्मा काँग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: शनिबार, असार ६, २०८३
१२:०५
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)